आजदेखि एनएसएलको दोस्रो संस्करण

काठमाडाैं | मंसिर ८, २०८०

आजदेखि एनएसएलको दोस्रो संस्करण

काठमाडौं:    नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण आजदेखि शुरु हुँदैछ । नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा दशरथ रङ्गशालामा लिगको उद्घाटन हुँदैछ ।


प्रतियोगिताको उद्घाटन खेल साविक विजेता काठमाण्डौ रेजर्स र नवप्रवेशी स्पोर्टिङ इलाम एफसीबीच हुनेछ । खेल बेलुकी ६ बजे शुरु हुनेछ ।


पहिलो संस्करण कोभिड सङ्क्रमणको समयमा विना दर्शक आयोजना भएको थियो । आज हुने उद्घाटन समारोहमा गायक सुशान्त केसीले प्रस्तुति दिने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

 

यसपटक गएको संस्करणको तुलनामा सहभागी टोली बढेसँगै लिगमा खेल सङ्ख्या पनि बढेको छ ।


अघिल्लो संस्करणका ६ र ३ नयाँ टोली गरी ९ टोलीले ४० खेल खेल्नेछन् ।

 

उपाधि विजेताले प्राप्त गर्ने रकम पनि दर्शकको उपस्थितिले नै यकिन निर्धारण हुने  आयोजकले जनाएको छ । रङ्गशालाको सामान्यतर्फ २ सय र भीआईपीतर्फ ५ सय रुपैयाँ टिकट दर तोकिएको छ । 

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्

पोखरा ।   उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ ।   पोखराको महेन्द्रपुलमा आज एक विशेष का...

थप पढ्नुहोस्

पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ ।   फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...

थप पढ्नुहोस्